कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

समालोचक इन्द्र मालीको निधन

रासस

काठमाडौँ — कवि तथा समालोचक इन्द्र मालीको बिहीबार बिहान निधन भएको छ । मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा मालीको निधन भएको हाे ।

समालोचक इन्द्र मालीको निधन

७९ वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव भएका थिए । उनी नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता पनि थिए ।

नेपाली भाषामा पनि कलम चलाउने उनका नेपाल भाषा र कविता सम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि उनलाई दिइन्छ । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनको आजै अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित : वैशाख २३, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?