१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

'कोरोना संक्रमितलाई अस्पताल जान परे वा बेड चाहिए यी नम्बरमा सम्पर्क गर्नुहोस्'

इकान्तिपुर डेस्क

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल जाने र बेडको व्यवस्थापनका लागि एउटा हटलाइन नम्बर र दुईवटा मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने बताएको छ ।

'कोरोना संक्रमितलाई अस्पताल जान परे वा बेड चाहिए यी नम्बरमा सम्पर्क गर्नुहोस्'

पछिल्लो सयम कोरोना संक्रमितले अस्पतालमा बेड नपाएको र अस्पताल जानै समस्या रहेका समाचार प्रकाशित भइरहँदा स्वास्थ्य मन्त्रालयले तीन वटा सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

कोरोना संक्रमितलाई अस्पताल जान परे वा बेड चाहिए हटलाइन नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३९९८५१२५५८३७ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

बुधबार रुपन्देही, बाँकेलगायत काठमाडौं उपत्यकाकै अस्पतालमा बिरामीले अस्पतालमा भर्ना हुन नसकेको समाचार प्रकाशित भएका छन् । अस्पताल भर्ना हुन नपाएरै बिरामीको मृत्यु भइरहेका पनि समाचार आइरहेका छन् । तर स्वास्थ्य मन्त्रालयले भने ५८ प्रतिशत आईसीयू बेड खाली रहेको जनाएको छ ।

मन्त्रालयको दैनिक अद्यावधिक तथ्यांकअनुसार देशभर कोरोना संक्रमितका लागि छुट्याइएका १ हजार ४ सय २३ बेडमध्ये ६ सय र ५ सय ८३ भेन्टिलेटरमध्ये १ सय ५६ वटा बुधबार भरिएका छन् । भेन्टिलेटर ७३.२५ प्रतिशत खाली देखिएका हुन् ।

प्रकाशित : वैशाख २३, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?