कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाँकेमा थप १० कोराना संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो ।

बाँकेमा थप १० कोराना संक्रमितको मृत्यु

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ जना बाँके र एकजना जाजरकोटका रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० की ७८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१० का २७ वर्षीय युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ७८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषका साथै कोहलपुर नगरपालिका–५ का ३४ वर्षीय पुरुषको छन् । यसैगरी, भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १ सय २७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?