२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जनकपुर प्रदेशिक कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली

सन्तोष सिंह

धनुषा — प्रादेशिक कोभिड अस्पताल जनकपुरमा बुधबार दिउँसोदेखि महोत्तरी मटिहानिकी ५४ वर्षीय महिला भर्ना भइन् । कोरोना संक्रमित महिलाको आवस्था गम्भिर भएका कारण भेन्टिलेटरमा राखियो । तर, दिउँसो केहि बेर चलेको भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली भएको छ । 

जनकपुर प्रदेशिक कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली

सिकिस्त महिलालाई रेखदेख गर्न कुरुवामा छोरा खटिएका छन् । भेन्टिलेटर काम नगर्दा आमाको अवस्था बिग्रिन थालेको छोरोले बताए । भेन्टिलेटरका लागि साँझसम्म अस्पतालमाका डाक्टर अगाडी हारगुहार गर्दापनि पहल नभएको पीडित परिवारले जनाएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोभिड अस्पतालमा ५ वटा भेन्टिलेटर उपलब्ध भएपनि सबै बिग्रिएको कोभिड अस्पतालका प्रवक्ता मनिष पाण्डेले बताए । 'गत वर्ष स्थापना भएको कोभिड अस्पतालकै भेन्टिलटेर प्रयोगमा ल्याएका छौ,' डा. पाण्डेले भने,'कोभिड अस्पतालको ५ वटै भेन्टिलेटर मध्ये कुनै पनि प्रयोग गर्ने अवस्थामा छैन । मर्मत भइरहेको छ । ट्रान्सपोर्टमा प्रयोग हुने समान्य भेन्टिलेटर राखिएको उनले बताए । कोभिड अस्पतालमा धनुषा र महोतरीका ३१ जना सिकिस्त संक्रमित भर्ना भएको डा. पाण्डले बताए ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नयाँ भेन्टिलेटर माग गरिएको बताए । केहि बेर चल्ने र बिग्रिने भएपछि समस्या भएको उनले बताए । डा.यादवले प्रदेशबाट २ थान भेन्टिलेटर उपलब्ध भएको र तत्काल प्रयोगमा आउने बताए । निजी अस्पतालहरुबाट प्रदेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकोले अस्पतालले भार थाम्न सक्ने अवस्था नभएको उनले बताए ।

जनकपुरको काव्या, नवजिवन र जलेश्वरबाट सिकिस्त संक्रमितहरु बिरामीहरु आउने क्रम जारी रहेको डा.यादवले बताए । डा. यादवको अनुसार प्रादेशिक कोभिड अस्पताल ६३ बेड तयारी अवस्थामा छन् । अस्पतालमा आईसीयू १२ र ४१ बेडमा अक्सिजन उपलब्ध छ । भेन्टिलेटर बिग्रिएको अवस्थामा छ । अस्पतालले अक्सिजन र मेडिकेसन सेवा दिँदै आएको मेसु यादवले बताए ।

प्रकाशित : वैशाख २२, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?