१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपालगन्ज मेडिकल कलेजमा अक्सिजन अभाव, बिरामी भर्ना नलिने 

रूपा गहतराज

नेपालगन्ज — कोभिडका बिरामीको उपचार गरिरहेको नेपालगन्ज मेडिकल कलेजमा अक्सिजनको अभाव भएपछि बिरामी भर्ना नलिने भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा अक्सिजन अभाव, बिरामी भर्ना नलिने 

कोभिड वार्डमा तीन सय बेड थप्न लागेको मेडिकल कलेजले अक्सिजनको अभावका कारण बेड थप्न सकेको छैन । अहिले अस्पतालका एकसय भन्दा बढि बेड कोभिडका बिरामीले भरिएका छन् । अहिले दैनिक अस्पतालमा तीन सय वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको छ ।

‘तीनसय बेड थप्ने तयारीमा थियौं । सय बेडको लागि अक्सिजन अभाव भइरहेकाले तीनसय बेड थप्ने अवस्था नै रहेन,’ अस्पतालका उपनिर्देशक दिनेश श्रेष्ठले भने,‘चार सय सिलिन्डर माग गरेका थियौं, तर अक्सिजन भर्ने कम्पनीले दिन सकेन । सरकारले अक्सिजनको दीर्घकालीन व्यवस्थापना नगरेसम्म बेड थप्न सम्भव छैन् । ’

अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले शिक्षण अस्पतालमा हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामीलाई भर्ना गर्न नसकिएको बताए ।

शिक्षण अस्पतालमा हाल एक सय ३३ जना उपचाररत छन् । सन् २०२१ को सुरुवातदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ३ सय ३ जना कोरोनाका बिरामी भर्ना भएकोमा एक सय २६ जना डिस्चार्ज भएका छन् । ४४ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?