कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

२४ घण्टामा अहिलेसम्मकै सबभन्दा धेरै ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि

काठमाडौँ — २४ घण्टामा नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा अहिलेसम्मकै सबभन्दा धेरै ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ ।

यो समेत नेपालमा संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ ।

२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना मुक्त भएका प्रवक्ता गौतमले बताए । यो सँगै निको हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ । २४ घण्टाको अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ रहेको छ । कूल मृतकको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट २५ लाख ५८ हजार ५१ नमुना परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ८१ छ ।

प्रकाशित : वैशाख २२, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?