बुटवलको कोरोना अस्पतालमा थप चार संक्रमितको मृत्यु- समाचार - कान्तिपुर समाचार

बुटवलको कोरोना अस्पतालमा थप चार संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष छन् । 

वैशाख १९ गते कोरोना पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिलाको बुधबार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

त्यसै गरी १८ गते भर्ना भएकी बुटवल–९ की ५४ वर्षीया महिलाको बिहान साढे ६ बजे, २१ गते भर्ना भएकी तिलोत्तमा–४ की ४० वर्षीया महिलाको बिहान साढे ६ बजे र १५ गते भर्ना भएका बुटवल–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको गौतमले जानकारी दिए ।

अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएका उनीहरूको इमर्जेन्सी र फिभर क्लिनिकमा उपचार हुँदै थियो ।


प्रकाशित : वैशाख २२, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव

कान्तिपुर संवाददाता

काठमाडौँ — पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

सोमबार वाग्मती किनार र नदीको बीच भागमा रहेको ढिस्कोमा समेत शव जलाइएको थियो ।

प्रकाशित : वैशाख २२, २०७८ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×