कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लुम्बिनी प्रदेशमा ३ मन्त्री थपिए 

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् । साथै, यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर गरेका छन् । सोमबार स्वतन्त्रसहित एमालेका ३ मन्त्री थपिएका छन् । अब पोखरेलको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ । 

लुम्बिनी प्रदेशमा ३ मन्त्री थपिए 

अर्घाखाँचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । रुपन्देहीका भोजप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका छन् । सूर्यचिन्हबाट स्वतन्त्र उमेदवार बनेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद् पुर्नगठन तथा कार्यविभाजन गरेको प्रदेश प्रमुखका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका हरिप्रसाद रिजाललाई ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ । उता शिक्षा तथा सामाजिक विकास मन्त्रालय पाएकी जनता समाजवादीकी कल्पना पाण्डे उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएकी छन् ।

प्रकाशित : वैशाख २१, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?