१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

काठमाडौं उपत्यकामा ३ हजार ८९३ जनामा कोरोना पुष्टि

काठमाडौँ — मंगलबार काठमाडौं उपत्यकामा ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७७९ जना, भक्तपुरमा ५१३ जना र ललितपुरमा ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ३ हजार ८९३ जनामा कोरोना पुष्टि

मंगलबार देशभर ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?