कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार : अस्पताल

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।  

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार : अस्पताल

मंगलबार नर्भिक इन्टरनेशनल अस्पतालले विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएको हो । खनाल कोरोना संक्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए । नेता खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको पनि स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।

प्रकाशित : वैशाख २१, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?