कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भरतपुर अस्पतालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु 

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालमा उपचार गराइरहेकामध्ये मंगलबार चार जनाको निधन भएको छ । चितवन स्वास्थ्य कार्यालयले जारी गरेको विवरणअनुसार निधन हुनेमा तीनजना चितवनकै हुन् भने एकजना धनुषाका हुन् । चितवनमा सोमबार पनि चौबीस घण्टाभित्र कोरोना संक्रमण पुष्टि भएका चारजना बिरामीको निधन भएको थियो । 

भरतपुर अस्पतालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु 

योसहित चितवनमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका १२१ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयले चितवन जिल्ला ठेगना भएर चितवनमै निधन भएकाहरुलाई मात्रै यो तथ्याङ्कमा समेट्ने गरेको छ । भरतपुरका अस्पतालहरुमा उपचार गराउन आउँदा निधन भएका जिल्ला बाहिरका संक्रमितहरुको संख्या यसमा समावेश हुने गरेको छैन ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म चितवनमा निको हुन बाँकी सक्रिय संक्रमितहरुको संख्या एक हजार ४०४ रहेको छ । अस्पताल भर्ना भएका संक्रमितहरु जम्मा ८९ जना छन् । मंगलबार चितवनका तीनवटा ठुला अस्पतालहरुमा उपचारका लागि भर्ना भएका कुल संक्रमितहरु २१६ जना रहेको स्वास्थय कार्यालयले जानकारी गराएको छ । चितवनका अस्पतालमा जिल्लाका भन्दा पनि चितवन बाहिरका संक्रमितहरु धेरै छन् ।

चितवनमा हालसम्म संक्रमित हुनेहरुको संख्या आठ हजार ४४५ पुगेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।

प्रकाशित : वैशाख २१, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?