बैतडीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो [अपडेट]

तृप्ति शाही

बैतडी — बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । 

बैतडीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो [अपडेट]

उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा खेमसिंह भण्डारीको मृत्यु भएपछि मृतकको संख्या ६ जना पुगेको हो । यसअघि चालक तेजबहादुर बोहराको पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसअघि दुर्घटनामा परेर ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् ।उनीहरुको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो । मृतक ५ जना वडा नम्बर–६ कै रोडिदेवलका स्थानीय रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । चालक भने दशरथचन्द नगरपालिका वडा नम्बर ४ का हुन् । उनका अनुसार घाइते ४ जनालाई नै उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

...

बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा चालक तेजबहादुर बोहराको मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको प्रहरीले जनाएको छ ।

यसअघि दुर्घटनामा परि अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

मृतक ४ जना वडा नम्बर–६ कै स्थानीय रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । चालनको ठेगानाबारे जानकारी लिइरहेको बताए । उनका अनुसार घाइते ५ जनालाई नै उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

...

बैतडीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।

मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदै छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । घाइतेलाई हतारमा अस्पताल पठाइएकोले अवस्थाबारे अहिले भन्न नसकिने खड्काले बताए । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित : वैशाख २१, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?