कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ सम्म, पसल बिहानमात्रै खोल्न पाइने

आवश्यकबाहेक सडकमा हिँडडुलमा कडाई गरिने, कवाडी संकलन र सडक व्यापार निषेध

काठमाडौँ — वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए । यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए । 

उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ सम्म, पसल बिहानमात्रै खोल्न पाइने

खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो ।

उनका अनुसार बैठकले उपत्यकामा कवाडी संकलनमा रोक लगाएको छ भने सडकमा हुने ठेलागाडा र सडक व्यापारलाई पनि निषेध गरिएको छ । सडकमा अनावश्यक भीडभाड देखिएकाले आवश्यकबाहेक हिँडडुलमा पनि कडाई गरिने उनले बताए ।





प्रकाशित : वैशाख २१, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?