कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ — नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको साहले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । त्यस्तै सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुने भएको छ ।

यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

प्रकाशित : वैशाख २१, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?