कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानी भित्रिने एम्बुलेन्सको संख्या घट्दै

काठमाडौँ — राजधानीका निजीदेखि सरकारी अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दा राजधानीबाहिरबाट बिरामी बोकेर उपत्यका छिर्ने एम्बुलेन्सको संख्यामा कमी आएको छ ।

राजधानी भित्रिने एम्बुलेन्सको संख्या घट्दै

आइतबार अबेरसम्म राजधानीका विभिन्न ५१ अस्पतालमा कोरोना संक्रमितलाई छुट्याइएका २ हजार २२ बेडमा १ हजार ५ सय ५ जना उपचाररत छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १६ देखि १९ गतेसम्मको चार दिनमा १ सय ७३ वटा एम्बुलेन्स बिरामी बोकेर काठमाडौं भित्रिएका छन् । अर्थात् औसतमा दिनहुँ ४३ वटा एम्बुलेन्स उपत्यका छिरिरहेका छन् । जबकि लकडाउन नभएका दिनमा औसत ५० वटा एम्बुलेन्स बिरामी बोकेर आउँथे ।

गत वर्ष माघमा १ हजार ५ सय ४८ वटा एम्बुलेन्स उपत्यका छिरेकामा लकडाउन सुरु भएपछि गत वर्षको वैशाखमा उपत्यका छिर्ने एम्बुलेन्सको संख्या २ हजार ३ सय ११ पुगेको थियो । संक्रमणको पहिलो लहरमा लकडाउन लम्बिँदै जाँदा र संक्रमण बढ्दै जाँदा गत वर्षको जेठ महिनामा उपत्यका छिर्ने एम्बुलेन्सको संख्या ५ हजार ४८ सम्म पुगेको थियो ।

लकडाउनको सुरुवाती तीन दिनको संख्याले अघिल्लो कोरोना लहरमा भन्दा फरक परिदृश्यको संकेत गर्छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार तीन दिनमा सबैभन्दा धेरै अर्थात् १ सय ३ एम्बुलेन्स नागढुंगाबाट उपत्यका छिरेका थिए ।

प्रकाशित : वैशाख २१, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?