२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कोरोनाबाट ३७ जना संक्रमितको मृत्यु

काठमाडौँ — २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट ३७ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार २१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख २१ हजार १ सय ६४ पुगेको छ । आइसोलेसनमा ५४ हजार ४१ जना र क्वारेन्टाइनमा २१२ जना रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?