गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस- समाचार - कान्तिपुर समाचार

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस

बिनु सुवेदी

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबारको मन्त्रिपषिद्ले यस्तो सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । 

दुवै प्रमुखहरु तत्कालीन पूर्व माओवादीबाट प्रदेश प्रमुख बनेका थिए ।


प्रकाशित : वैशाख २०, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

सेती प्रादेशिक अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले सोमबार दिउँसो दिएको जानकारी अनुसार मृत्यु हुनेमा डडेलधुराको आलिताल गाउँपालिका–६ की २५ वर्षीया महिला, कैलालीको धनगढी उपमहानगरपाकिाका – २ का ४३ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ५२ वर्षीय पुरुष, कैलालीको लम्किचुहा नगरपालिका–१० की ३५ वर्षीया महिला र लम्किचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा सोमबारसम्म ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको भेन्टिलेटरमा, आईसियुमा १४ जना र अक्सिजनको सपोर्टमा ३३ जना तथा अन्य ५ जना उपचाररत रहेको उनले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा अस्पतालको पीसीआर प्रयोगशालामा ४ सय ४८ जनाको परीक्षण गरिएको छ । जसमध्ये १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×