प्रधानमन्त्री ओलीले केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोरोना महामारीका बारेमा सम्बोधन गर्ने पनि थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने पनि जनाइएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण उच्च भइरहेको छ । आइतबार एकैदिन नेपालमा थप ७ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको थियो भने २७ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमण तीव्र भए पनि तयारी राम्रो नभएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?