१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लुम्बिनीको प्रस्तावित मुख्यमन्त्रीमा केसीलाई दिएको समर्थन श्रीवास्तव र शाहीले फिर्ता लिए

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव र माओवादी-कांग्रेस गठबन्धनका कुलबहादुर केसीलाई मुख्यमन्त्री बनाउन भनी दिएको समर्थन प्रदेशसभा सदस्यहरू धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले फिर्ता लिएका छन् । 

लुम्बिनीको प्रस्तावित मुख्यमन्त्रीमा केसीलाई दिएको समर्थन श्रीवास्तव र शाहीले फिर्ता लिए

आइतबार केसीलाई मुख्यमन्त्रीमा अगाडि सारिएको पत्रमा हस्ताक्षर गरेका श्रीवास्तव र लालले मुख्यमन्त्रीमा पोखरेललाई नै समर्थन रहेको भन्दै सोमबार केसीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशप्रमुखलाई पठाएका छन् ।

'माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो समेत हस्ताक्षर प्रस्तुत गरिएकोमा कानुनी र र राजनीतिक दृष्टिबाट त्रुटिपूर्ण देखिएको महसुस गरी फिर्ता लिने निष्कर्षमा पुगेका छौं,' श्रीवास्तव र शाहीले प्रदेश प्रमुखलाई लेखेको पत्रमा उल्लेख छ, 'हाम्रो समर्थन नेकपा एमाले प्रदेशसभा दल र मुख्यमन्त्री शंकर पोखरेलप्रति रहेको स्पष्ट गर्दछौं ।

श्रीवास्तव कपिलवस्तु निर्वाचन क्षेत्र २ (ख) र अजय शाही नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

प्रकाशित : वैशाख २०, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?