२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रहरीको धरपकडविरुद्ध कानुनी उपचार खोज्छौं : महिला सांसद

‘सांसदमाथि हातपात गर्ने प्रहरीले नागरिकमाथि कस्तो दमन गरेका होलान् ?’
अमृता अनमोल

बुटवल — मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदले आफूमाथि हातपात भएको भन्दै  त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।

प्रहरीको धरपकडविरुद्ध कानुनी उपचार खोज्छौं : महिला सांसद

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेश प्रमुखकै कार्यालय परिसरमा महिला सांसदमाथि धरपकड र प्रहरी दमन भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् । प्रदेश प्रमुख शपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयमा निस्कन खोज्दा रोक्ने क्रममा लुम्बिनी प्रदेश प्रमुख डीआईजी रवीन्द्र धानुकले आफूहरुलाई हातपात गरेको उनीहरुको आरोप छ ।

घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका छन् । ‘सांसदमाथि हातपात गर्ने प्रहरीले नागरिकमाथि कस्तो दमन गरेका होलान्,’ कांग्रेस सचेतक निर्मला क्षत्रीले भनिन्, ‘त्यसैले हामी चुप बस्दैनौं । घटनाविरुद्ध कानुनी उपचार खोज्छौं ।’

प्रदेश प्रमुखलाई बाहिर निस्कन रोक्ने क्रममा प्रदेश प्रमुखको कार्यालयमा धकेलाधकेल भएको थियो । त्यसक्रममा कांग्रेस सचेतक निर्मला क्षत्रीसहित प्रदेशसभा सदस्य लौटी थारु, पुष्पा थरुनी, सुष्मा यादव, गीता थापा र पुर्मती ढेंगामगर र दिपेश थारुमाथि हातपात भएको उनीहरुको दाबी छ ।

नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन गहतराज, जसपाकी सचेतक पुर्मती ढेंगा मगर र राजमो नेता तारा जीसीले संयुक्त विज्ञप्ति निकाली घटनाको भत्र्सना गर्दै दोषीमाथि तत्काल छानबिन गरी कारबाहीको मागसमेत गरेका छन् ।

प्रकाशित : वैशाख २०, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?