३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सूर्य चिह्नबाट चुनाव लडेकालाई दल परिवर्तनको अधिकार छैन : मुख्यमन्त्री पोखरेल

रासस

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताएका छन् । 

सूर्य चिह्नबाट चुनाव लडेकालाई दल परिवर्तनको अधिकार छैन : मुख्यमन्त्री पोखरेल

सोमबार बिहान उनले फेसबुक स्टाटस लेख्दै चुनाव चिह्न सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले सूर्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई नहुने उल्लेख गर्दै संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवलाई सो कुरा जानकारी नहुनु आश्र्चयको कुरा भएको बताएका छन् । ‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चार सदस्यलाई अल्पमतमा रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मञ्चन भएको छ,’ उनले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले कारबाहीपछि नेकपा (एमाले) बहुमतप्राप्त दल बनेको जिकिर गर्दै बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहने बताएका छन् । उनले संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेका अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव नभएको तर अहिलेको अवस्था त्यो नभएको पनि बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि विमलाकुमारी खत्री एमालेको प्रदेशसभा सदस्यका रुपमा सहभागी हुँदै आएको जानकारी दिँदै उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको बताएका छन । मुख्यमन्त्रीको नियुक्तिपछि शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको धर्ना अनुचित भएको आरोप पनि उनले लगाएका छन् ।

आइतबार साँझ विपक्षी सांसदहरूमाथि बल प्रयोग गरेर लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको शपथ गराइएको छ । बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर र उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर गर्न र शपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसिरहेका विपक्षी दलका सांसदमाथि बल प्रयोग गरिएको हो ।

सम्बन्धित समाचार

बल प्रयोग गरेर मुख्यमन्त्रीको शपथ

लुम्बिनी घटनामा संवैधानिक नैतिकताको प्रश्न

मैले आफ्नै खुसीले माओवादी रोजेकी हुँ : वली

प्रकाशित : वैशाख २०, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?