कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सोमबार राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

सुरज कुँवर

काठमाडौँ — सरकारले सोमबार मध्यरातदेखि आन्तरिक र बुधबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । 

सोमबार राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकिने

कोरोना संक्रमण भयावह रूपमा बढेको निष्कर्ष निकाल्दै आइतबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आन्तरिक उडान बन्द गर्नुपर्ने प्रस्ताव गरेका आधारमा सरकारले उडान रोक्ने निर्णय गरेको हो । ‘२२ गते रातिदेखि भारतसहित सबै अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद् बैठकलगत्तै भने ।

मन्त्रिपरिषद् बैठकअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सीसीएमसीबाट आन्तरिक उडान बन्द गर्ने प्रस्ताव आएकाले तत्कालका लागि उडान बन्द गर्नुपर्ने अवस्था आइलागेको बताएका थिए । काठमाडौंबाहिर पनि निषेधाज्ञा जारी हुने क्रम बढ्दै गइरहेकाले बढीमा वैशाखभर वा ७ देखि १५ दिन ट्रायलका रूपमा आन्तरिक उडान बन्द गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १९, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?