पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र उनकी पत्नीलाई कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालले आइतबार पीसीआर नतिजाबाट दुवैजनामा कोरोना देखिएको बताए ।

पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

‘केही दिनअघिमात्रै कोभिसिल्डको दोस्रो डोज पनि लगाएको थिएँ,’ उनले भने, ‘आज पोजिटिभ देखियो अबको १० दिन मन्त्रालय जादिनँ । पुल्चोकस्थित मन्त्रीक्वार्टरमै आराम गर्नेछु ।’ उनले आफूलाई असर सामान्य भएको तर पत्नीलाई अलि कडा असर देखिएको बताए ।

प्रकाशित : वैशाख १९, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?