१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनीमा मुख्यमन्त्रीको शपथ रोक्न माग गर्दै ४२ सांसद प्रदेश प्रमुखको कार्यालयमा

दीपेन्द्र बडुवाल

रुपन्देही — लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले आइतबार दिउँसो एक बजे शंकर पोखरेलसँग बहुमत नभएकोले एकल सरकार बन्न नसक्ने जानकारी गराएपनि प्रदेश प्रमुखले एकतर्फी पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त दिएको दाबी गरेका छन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा ४२ जनाको हस्ताक्षर भएको पत्र दर्ता गराएर एक/डेढ घण्टामा सबै सांसदलाई उपस्थित गराउने जानकारी गराएको केहीबेरमै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको बताएका छन् ।

लुम्बिनीमा मुख्यमन्त्रीको शपथ रोक्न माग गर्दै ४२ सांसद प्रदेश प्रमुखको कार्यालयमा

एक दलको सरकार बन्‍ने स्थिति नभएकोले संविधानको धारा १६८ को २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आफूहरुसँग मत पुग्ने र केहीबेरमा हस्ताक्षरसहित आउने जानकारी गराए पनि प्रदेश प्रमुखले आफूहरुलाई बेवास्ता गरेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले असन्तुष्टि पोखे ।

उनले प्रदेश प्रमुखले ‘एमालेको कार्यकर्ता’ झै व्यवहार गरेको आरोप लगाए । ‘४२ जना सांसदको हस्ताक्षर देखाएर माननीय शंकर पोखरेलले गरेको संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको सरकारको दाबी अवैध हो भनेर जानकारी गरायौं,’खानलले भने, ‘पोखरेलले पुरानो हस्ताक्षर पेस गरेको पनि जानकारी गरायौं ।’ उनका अनुसार दाङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद बिमला वली शनिबार माओवादी संसदीय दलको बैठकमा सहभागी भइसकेको र कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित एमाले सांसद दुनारायण पाण्डेले राजीनामा गरिसकेका जानकारी पनि गराइएको थियो । तर, आफूहरुको दाबीलाई बेवास्ता गरेर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि शपथ रोक्न विपक्षी दलबाट प्रतिनिधित्व गर्ने सबै सांसद अहिले प्रदेश प्रमुखको कार्यालयमै रहेको खानले जानकारी दिए ।

‘हामी ४२ जना सांसद नै प्रदेश प्रमुखको कार्यालयमा छौं,’ खानले भने, ‘शपथ रोक्न निवेदन दिएका छौं । जबरजस्ती अगाडि बढाए प्रतिरोध गछौं ।’


प्रकाशित : वैशाख १९, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?