१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस नेता शिवबहादुर खड्काको निधन

टीकाप्रसाद भट्ट

रामेछाप — कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य शिवबहादुर खड्काको आइतबार निधन भएको छ ।

कांग्रेस नेता शिवबहादुर खड्काको निधन

घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पश्चिम रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उनी लामो समय सक्रिय थिए । २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भइ ५ वर्ष काम गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य बनाइएको थियो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गरेका थिए ।

खड्काको आइतबार नै पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने परिवारजनले जनाएका छन् ।

प्रकाशित : वैशाख १९, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?