१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोभिडका बिरामीको परीक्षण उपचार निःशुल्क गर्न आदेश

रूपा गहतराज

नेपालगन्ज — उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोभिडका बिरामीको परीक्षण र उपचार निःशुल्क गर्ने व्यवस्था गर्न आदेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड–१९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकलबमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको हो । अदालतका वरिष्ठतम् न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको इजालसले उक्त आदेश दिएको हो । 

कोभिडका बिरामीको परीक्षण उपचार निःशुल्क गर्न आदेश

संविधान र कानुनद्वारा प्रदत्त कर्तव्य बोध गराई आम नागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचारसम्बन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न गराउनका लागि तत्काल आवश्यक कदम चाल्न माग दाबी गर्दै एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता वसन्त गौतम, महिला कानुन र विकास मञ्चका तर्फबाट अधिवक्ता सुनील कुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका बिश्वजित तिवारी, मानव अधिकार तथा शान्ती समाजका प्रभाकर भट्टराई र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले संयुक्त रुपमा वैशाख १४ गते रिट दायर गरेका थिए । रिटमा जिल्ला प्रशासन कार्यालय बाँके, प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति, बाँके, जिल्ला कोभिड—१९ संकट व्यवस्थापन संचालन केन्द्र बाँकेलाई बिपक्षी बनाइएको थियो ।

अन्तरिम आदेश सुनुवाइमा रिट निवेदकका साथै अधिवक्ता प्रहृलादबहादुर कार्की, ईश्वरीप्रसाद ज्ञवालीले बहस गरेका थिए भने विपक्षी जिल्ला प्रशासन कार्यालका तर्फबाट सहन्यायाधीवक्ता देशवराज भारतीले बहस गरेका थिए ।

प्रकाशित : वैशाख १७, २०७८ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?