कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निषेधाज्ञामा थप कडाइ गर्ने र भारतसँगका १३ नाकामात्रै सञ्‍चालन गर्ने सीसीएमसीको निर्णय

एक चौथाई सरकारी कार्यालयमात्र खुल्ने, सञ्चालन हुने उद्योगका मजदुर र कर्मचारी उद्योगभित्रै रहनु पर्ने

काठमाडौँ — कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय गरेको छ । 

निषेधाज्ञामा थप कडाइ गर्ने र भारतसँगका १३ नाकामात्रै सञ्‍चालन गर्ने सीसीएमसीको निर्णय

सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै भारतसँगका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने पनि समितिले निर्णय गरेको छ । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

प्रकाशित : वैशाख १७, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?