सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ — जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको छ । 

सांसद शाहीको अवस्था अज्ञात भएपछि गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिएकी थिइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आएको थियो । उक्त प्रस्तावमा बुधबार मत विभाजन हुने कार्यसूची थियो ।


प्रकाशित : वैशाख १५, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?