३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाउने सरकारको निर्णयप्रति व्यवसायीको असन्तुष्टि

काठमाडौँ — सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । 

सार्वजनिक यातायात सञ्‍चालनमा रोक लगाउने सरकारको निर्णयप्रति व्यवसायीको असन्तुष्टि

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाए पनि आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् । कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुनर्विचार गर्न माग गरे । हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्य मापदण्ड पालना गर्ने भएकाले लामो दुरीका सवारी साधन चलाउन दिनुपर्ने बताए । महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुनसक्ने बताए ।

अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धरासायी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् ।

सार्वजनिक यातायात बन्द गरेरमात्रै कोरोना संक्रमण नरोकिने भन्दै उनीहरुले यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

प्रकाशित : वैशाख १४, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?