२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दुई दिनमा एक लाखले उपत्यका छाडे

प्रशान्त माली

काठमाडौँ — सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या बढेको छ ।

दुई दिनमा एक लाखले उपत्यका छाडे

संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो थातथलो पुग्ने चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका हुन् ।

महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए । ‘सोमबार र मंगलबार भन्दा बुधबार संख्या बढ्ने देखिएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख १४, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?