कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

छलफलमा जुटे जसपाका शीर्ष नेता

काठमाडौँ — सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा  जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । 

छलफलमा जुटे जसपाका शीर्ष नेता

नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए । त्यसबारे निर्णय गर्न शीर्ष नेता छलफलमा बसेको एक नेताले जानकारी दिए । उनका अनुसार छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए ।

जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् ।

ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

प्रकाशित : वैशाख १४, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?