प्रदेशमन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता, कार्यकर्ताले देखाए कालो झन्डा 

सन्जु पौडेल

तिलोत्तमा — सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर  लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।

प्रदेशमन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता, कार्यकर्ताले देखाए कालो झन्डा 

रुपन्देहीको मर्चवारमा आयोजित कार्यक्रममा जाने क्रममा शनिबार मन्त्री पाण्डेलाई मर्यादपूर, मझगावा र गोनहियालगायतका स्थानमा जनता समाजवादी पार्टीका नेता, कार्यकर्ताले सडकमा टायर बालीविरोध गर्नुका कालो झन्डा देखाएका हुन् । जसपा रुपन्देहीकाअध्यक्ष रामअवतार यादव, पूर्वसांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद् सदस्य रुपामल्ल, केन्द्रीय सदस्य उमाशंकर यादव, रेनु सिंह, चन्द्रभूषण यादव, अमरजित यादव, सुनिल जैसवाललगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै चर्का नाराबाजी गरेका थिए ।

पार्टी निर्णय, संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै पार्टीलाई झुक्काएर पाण्डे मन्त्री बनेकाले उनको विरोध गरिएको जसपा रुपन्देहीअध्यक्ष रामअवतार यादवले बताए । ‘सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याएर अराजनीतिक र अनैतिक हिसाबले मन्त्री बन्न पुगेकाले विरोधमा उत्रिनुपरेको हो’, अध्यक्ष यादवले भने, ‘पार्टीलाई धोका दिने गद्दारलाई अब कार्यकर्ताले छाड्नेवाला छैनन् ।’

प्रकाशित : वैशाख ११, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?