२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एमाले ओली समूहका केन्द्रीय सदस्यहरुले कसले के जिम्मेवारी पाए ? [सूची] 

काठमाडौँ — नेकपा (एमाले) का ओली समूहका केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई बाहिरै राखेर कार्यविभाजन गरिएको हो ।

एमाले ओली समूहका केन्द्रीय सदस्यहरुले कसले के जिम्मेवारी पाए ? [सूची] 

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन पनि सम्पन्‍न भएको छ । धेरै कमरेडलाई भूगोलको, केही कमरेडहरुले विभागको र केही कमरेडहरुलाई जनसंगठनहरुको जिम्मेवारी दिएर कार्यविभाजनका कामहरु पनि हामीले सम्प‍न्‍न गरेका छौं ।'

एमालेको निर्णय अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कार्यालय प्रमुख, केन्द्रीय सदस्य अग्निप्रसाद खरेललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । केन्द्रीय सदस्य खगराज अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख र स्वास्थ्य सम्बद्ध संगठनहरुको इञ्चार्ज, गोकुल घर्ती नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ तथा सम्बद्ध इञ्‍चार्ज, युवा तथा खेलकुद विभाग प्रमुखमा दावा तामाङ, प्रदीप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख, प्रभु साहलाई सहरी विकास विभाग प्रमुख तोकिएको छ ।

हेर्नुहोस् सूची

प्रकाशित : वैशाख १०, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?