कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतद्वारा एम्बुलेन्स र बस सहयोग

काठमाडौँ — भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस सहयोग गरेको छ ।

भारतद्वारा एम्बुलेन्स र बस सहयोग

काठमाडौंस्थित भारतीय दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थालाई बिहीबार उक्त सहयोग प्रदान गरेको हो । ‘यी एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण हाल सञ्चालन भइरहेको इन्डियाएट ७५ उत्सवको एक हिस्साका रूपमा रहेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा छ ।

यो वर्ष दूतावासले एड्भान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट गरी तीन किसिमको एम्बुलेन्स प्रदान गरेको छ । यी एम्बुलेन्स नेपाल सरकारले तोकेको मापदण्डअनुरूप निर्माण गरिएको दूतावासले जनाएको छ ।

सन् १९९४ यता भारतीय दूतावासले हालसम्म झन्डै ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको पनि जनाएको छ । यसपटकको समेत गरी हालसम्म १६६ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको पनि उल्लेख गरेको छ ।

प्रकाशित : वैशाख ९, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?