कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सैनिक आचरण उल्लंघनले राष्ट्रिय सुरक्षा कमजोर हुन्छ : प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचरण उलघंनले राष्ट्रिय सुरक्षालाई समेत कमजोर बनाउने बताएका छन् । तेस्रो सैनिक आचारसंहिता सप्ताहअन्तर्गतको कार्यक्रमलाई बिहीबार जंगी अड्डामा सम्बोधन गदै उनले सैनिक आचरण उल्लंघनलाई व्यक्तिको कमजोरीका रूपमा मात्र बुझ्न नहुने बताए ।

सैनिक आचरण उल्लंघनले राष्ट्रिय सुरक्षा कमजोर हुन्छ : प्रधानसेनापति

यसले कालान्तरमा राष्ट्रिय सुरक्षालाई कमजोर पारी व्यक्तिगत, समूहगत वा विभिन्न छद्मभेषी स्वार्थपूर्तिका लागि संगठनलाई नै ध्वस्त पार्न सक्ने उल्लेख गर्दै उनले सचेत रहन निर्देशनसमेत दिए ।

‘हाम्रो सोचाइ र व्यक्तिगत मूल्य–मान्यतामा परिवर्तन नआएसम्म संगठनको कार्यशैलीमा परिवर्तनको आकांक्षा राख्नुको कुनै अर्थ छैन,’ थापाले भने ।

उनले नीति–नियमले व्यक्तिलाई सही बाटो देखाइदिने उल्लेख गर्दै उक्त बाटोमा कसरी हिँड्ने भन्ने व्यक्ति स्वयंमै निर्भर रहने बताए ।

प्रकाशित : वैशाख ९, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?