कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिजोको छलफलमा केही आश लागेको थियो, आज त्यो पनि बाँकी रहेन : माधव नेपाल

बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।

हिजोको छलफलमा केही आश लागेको थियो, आज त्यो पनि बाँकी रहेन : माधव नेपाल

बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि कान्तिपुरसित कुराकानी गर्दै नेता नेपालले भने,' हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन ।'

दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बताए । उनले भने,' मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।'

नेता नेपालले अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो नलागेको छ र ठेगान पनि नभएको कान्तिपुरलाई बताए ।

यो पनि पढ्नुहोस्ः

पाँच महिनापछि ओली-नेपाल संवाद

प्रकाशित : वैशाख ९, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?