१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ओली–नेपाल बीचको वार्ता सकियो

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ । 

ओली–नेपाल बीचको वार्ता सकियो

नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता सुरु भएको थियो । दुवैजना आ-आफ्नै अडानमा कायमै रहेको र ओलीले 'वार्ता कायमै राखौं' भनेर निस्किएको स्रोतले जनायो ।

बैठकपछि नेता नेपाल प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडसँग अनौपचारिक छलफलमा रहेका छन् ।

ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

बिहीबार ओलीसँग भेट्न जानुअघि नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुका साथै आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनेबारे छलफल गरेका थिए ।

प्रकाशित : वैशाख ९, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?