कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पार्टी एकताका लागि खनाल–नेपाल समूहको अपिल

काठमाडौँ — नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पार्टीमा रहन नदिन अनेक दाउपेच गरेको आरोप लगाएका छन् । ७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा बिहीबार सामूहिक अपिल जारी गर्दै उनीहरुले सो कुरा बताएका हुन् ।

पार्टी एकताका लागि खनाल–नेपाल समूहको अपिल

‘हामीलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन् । २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर हामी पार्टी एकता जोगाउन चाहन्छौं । त्यसैले हामीले ‘नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युुनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौं’, अपिलमा भनिएको छ, ‘त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ र २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा एमाले) को एकता जोगिन्छ । एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ ।’

पछिल्लो समय ओलीले चालेका कदम एमाले विभाजन हुनु साथै कम्युनिष्ट आन्दोलनको विसर्जनको दिशामा रहेको बताएका छन् । आफूहरु भने एकताको पक्षमा रहेको उनीहरुको भनाइ छ ।

‘केपी ओलीले जुन दिशामा लैजाँदै हुनुहुन्छ त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्त्यतः कम्युनिष्ट आन्दोलनकै विसर्जनको दिशा हो । यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ,’ अपिलमा छ, ‘हामीले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युुनिष्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान सुरु गरेका छौँ । पार्टी अध्यक्षसँग अनेकौँ विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन् । जसका बारेमा पार्टी केन्द्रिय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ । त्यसका लागि २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दाबी हो ।’

यस्तो सामान्य प्रस्तावलाई स्वीकार नगर्नु नै ओली पार्टी विभाजनमा लागेको प्रमाणित भएको नेपाल समूहको आरोप छ ।

यस्तो छ अपिल :

प्रकाशित : वैशाख ९, २०७८ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?