कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ओली–नेपाल वार्ता सकियो, प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दुवै प्रफुल्ल मुद्रामा निस्किनुभयो

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचकाे वार्ता सकिएकाे छ ।

ओली–नेपाल वार्ता सकियो, प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दुवै प्रफुल्ल मुद्रामा निस्किनुभयो

बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित हाेटल मेरियटमा छलफल भएको थियाे । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार माेतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । 'दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयाे,' दुगडले भने ।

दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् । सरकारकाे नेतृत्व गरिरहेकाे एमालेभित्रकाे विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हाे ।

प्रकाशित : वैशाख ८, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?