कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट, पार्टीको विवादबारे छलफल

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट, पार्टीको विवादबारे छलफल

ओली र नेपालबीच बुधबार साँझ भेट भएको हो । नेता नेपालनिकट स्रोतका अनुसार सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो ।

दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । काठमाडौं नक्सालको होटल मेरियटमा ओली र नेपालबीच छलफल भएको हो ।

प्रकाशित : वैशाख ८, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?