अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस् : स्वास्थ्य मन्त्रालय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस् : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडाैं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,' डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’

उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।

पछिल्लो २४ घण्टामा २ हजार २२० जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित : वैशाख ८, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा थपिए २ हजार २२० कोरोना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए १ हजार ५१ संक्रमित
कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४४ पीसीआर परीक्षणबाट बुधबार २ हजार २२० जना संक्रमित फेला परेको हो । त्यस्तै ८ सय ३ एन्टिजेन परीक्षणबाट १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट २ हजार ३ सय ५१ जना संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् ।

यस्तै, काठमाडाैं उपत्यकामा १ हजार ५१ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×