देशभर कोरोनाका सिकिस्त बिरामी संख्या बढ्दै, सबैभन्दा बढी वाग्मती प्रदेशमा 

काठमाडौँ — देशभर कोरोनाको सिकिस्त बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १६० जना आईसीयूमा र भेन्टिलेटरमा ४५ जना रहेका छन् ।

देशभर कोरोनाका सिकिस्त बिरामी संख्या बढ्दै, सबैभन्दा बढी वाग्मती प्रदेशमा 

वैशाख १ गते ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका थिए भने वैशाख २ गते ९१ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा रहेका थिए । वैशाख ३ गते १०० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा रहेकोमा वैशाख ४ गते ९४ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका थिए । वैशाख ५ गते ११६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा रहेकोमा वैशाख ६ गते १४८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा बिरामी उपचाररत थिए । वैशाख ७ गते १६० जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार देशभर १ हजार १०८ वटा आईसीयू र ४६० वटा भेन्टिलेटर उपलब्ध रहेको छ । सिकिस्त बिरामी सबैभन्दा बढी वाग्मती प्रदेशमा रहेका छन् । वैशाख ७ गतेको तथ्यांक हेर्ने हो भने बागमती प्रदेशमा ७२ जना आईसीयू र ३० जना भेन्टिलेटरमा रहेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा ५७ जना आईसीयू र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी कर्णाली प्रदेशमा १० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा रहेका छन् ।

बलम्बुस्थित नेपाल एपीएफ अस्पतालका प्रवक्ता डा प्रवीण नेपालले हाल ७० जना उपचाररत रहेकोमा १४ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको बताए । उनका अनुसार जटिल संक्रमितको बिरामी बढेका छन् र डिस्चार्ज हुन पनि समय लागिरहेको छ । डा नेपाल भन्छन्–‘बिरामीको चाप बढिरहेको छ । अबको १० दिनमा हाम्रो क्षमताले धान्न सक्दैन जस्तो छ । डा नेपालले अस्पतालले भ्याएसम्म आईसीयू थप्दै लाने जनाए ।’ यस अस्पतालमा २० आईसीयु र ८ भेन्टिलेटरको सुविधा छ ।

वीर अस्पतालमा आईसीयूमा हाल ८ जना भर्ना भएकोमा ३ जना भेन्टिलेटरमा रहेका छन् । वीर अस्पतालले कोभिडका लागि १० वटा आईसीयू र ५ भेन्टिलेटर छुट्याएकोमा सबै भरिन थालेको छ । कोभिडका फोकल पर्सन डा अच्युत कार्कीले आईसीयू र भेन्टिलेटर प्याक हुँदै गइरहेको बताउँदै क्षमता बढाउनुपर्ने बताए । उनका अनुसार २३ जना उपचाररत रहेकोमा हाल सरदर ३ देखि ४ जना कोरोना संक्रमित बिरामी भर्ना भइरहेका छन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा प्रमुख कन्सलट्यान्ट डा अनुप बाँस्तोलाले सिकिस्त बिरामी संख्या बढ्दै गइरहेको बताए । ‘अहिलेको अवस्था हेर्दा जेठ सम्ममा हामी पिकमै पुगिसक्छौं । एकदम सजग हुन जरुरी छ ,’उनले भने ।

उनका अनुसार हाल २७ जना कोभिड संक्रमित उपचार गराइरहेकोमा गएको २ जना स्पेशल आइसोलेसन, उपचाररत , १५ जना आईसीयूमा रहेकालाई ७ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनले संक्रमित व्यक्तिहरु निको हुने समय लम्बिएकाले बेड अकुपाइ भएर प्याक हुने स्थिति आइरहेको बताए । हाल अस्पतालमा २० वटा आइसियु बेड रहेकोमा अहिले भेन्टिलेटर ११ वटा रहेको छ ।

त्रिवि शिक्षण अस्पतालका डा मनु भट्टराईले हाल १० जना आईसीयूमा रहेकोमा ७ जनालाई भेन्टिलेटरको सपोर्ट चाहिने बिरामी भएको बताए । डा भट्टराई भन्छन्–‘ हाम्रो त प्याक भइसक्यो । आजै मात्र २–३ जना फर्काउनुपर्‍यो ।’

प्रकाशित : वैशाख ७, २०७८ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?