१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एकतर्फी रुपमा सांसदहरुमाथि कारबाही अघि बढाउँदा पार्टीमा संकट आयो : गोकर्ण विष्ट

काठमाडौँ — नेकपा एमाले नेता गोकर्ण विष्टले एकतर्फी रुपमा सांसदहरुमाथि कारबाही अघि बढाएर पार्टीमा संकट पैदा भएको बताएका छन् । संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान नहुने विष्टको भनाइ छ ।

एकतर्फी रुपमा सांसदहरुमाथि कारबाही अघि बढाउँदा पार्टीमा संकट आयो : गोकर्ण विष्ट

एमालेले मंगलबार माधव नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ ।

त्यसलगत्तै विष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन ।’

उनले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकता जोगाउन आग्रह गरेका छन् ।

‘अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्‍चालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ,’ विष्टले भनेका छन्, ‘यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’ विष्टलाई भने एमालेले स्पष्टीकरण सोधेको छैन ।

प्रकाशित : वैशाख ७, २०७८ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?