२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र केन्द्रीय कमिटी बैठकका विषयमा छलफल हुने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

सरकारले संसद्को चालू अधिवेशन अन्त्य गरेपछि अन्य राजनीतिक दलसँग छलफल गर्नुपर्ने भएको भन्दै सोमबार तय भएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालू अधिवेशन अन्त्य गरेकी थिइन्।

माओवादी, कांग्रेस र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कसरतमा छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यसबारे पनि जारी बैठकमा छलफल हुने भएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?