कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एमालेले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोध्ने

काठमाडौँ — पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।

एमालेले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोध्ने

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई मंगलबारै स्पष्टीकरण पत्र पठाइने तयारी भएको जानकारी दिए । भट्टराईका अनुसार २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ ।

सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनी नियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे यसअघि नै पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन भएका थिए ।

प्रकाशित : वैशाख ७, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?