१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कुनैपनि सार्वजनिक स्थल तथा कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन रोक

पूर्वनिर्धारित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने

काठमाडौँ — सरकारले पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । सरकारले कोरोना भाइरससँग सम्बन्धित मन्त्रिपरिषद्ले जारी गरेको आदेशअनुसार पहिल्यै तय भएका परीक्षा सञ्चालन अनुमति दिएको हो । 

कुनैपनि सार्वजनिक स्थल तथा कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन रोक

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त आदेशबारे जानकारी दिँदै भने, 'विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालन गरी सञ्चालन गर्ने ।'

त्यस्तै, ठूला नगरपालिका तथा सहरका शैक्षिक संस्था, ट्युसन सेन्टर, तालिम बैशाख महिनासम्म अन्त्य गर्नुपर्ने आदेश गरेको मन्त्री गुरुङले जानकारी दिए ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई भने वैशाखभर बन्द गर्नुपर्ने उनले बताए । धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने/गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न आदेश जारी भएको छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा भनिएको छ ।

मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामी लगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी गर्न सकिने सरकारले आदेश जारी गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :











प्रकाशित : वैशाख ६, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?