कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माधव नेपाल सहित एमालेका ८ जनामाथि अन्तिम स्पष्टीकरण सोधिने

काठमाडौँ — नेकपा एमालले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने र गर्ने माधव नेपाल सहित ८ जनालाई स्पष्टिकरण सोध्‍ने निर्णय गरेको छ ।

माधव नेपाल सहित एमालेका ८ जनामाथि अन्तिम स्पष्टीकरण सोधिने

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले यसअघि निलम्बनमा परेका नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई अन्तिम चेतावनीयुक्त दुई दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले कर्णालीमा फ्लोर क्रस गरेका तर हाल निलम्बनमा रहेका प्रकाश ज्वाला सहित चार सांसद्लाई पनि चित्तबुझ्दो स्पष्टिकरण दिन दुई दिनकाे समय दिएको जानकारी दिए।

*यसअघिको समाचारमा ८ जनालाई स्पष्टिकरण साेधिने हुनेपर्नेमा २० जनालाई हुन गएकोमा सच्याइएको छ ।–सं

प्रकाशित : वैशाख ६, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?