२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका तीन सांसदसहित मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पोखरेल

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता भए लगत्तै मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन जनासहित चार जना थपेर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका तीन सांसदसहित मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाउन थालेका हुन् । चारमध्ये कल्पना पाण्डेबाहेक अन्य तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

माओवादी मन्त्रीले राजीनामा दिएका दुई मन्त्रालय, सामाजिक विकास मन्त्रालय टुक्रयाएर एक मन्त्री र एक राज्यमन्त्री बनाउने गरी चारै जनालाई सोमबार चार बजे नै सपथ खुवाउने तयारी भइरहेको स्रोतले बतायो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले चार बजे नै सपथको तयारी भइरहेको बताए ।

माओवादीका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नै राजीनामा दिएका थिए ।

प्रकाशित : वैशाख ६, २०७८ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?