अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका तीन सांसदसहित मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पोखरेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका तीन सांसदसहित मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पोखरेल

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता भए लगत्तै मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन जनासहित चार जना थपेर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाउन थालेका हुन् । चारमध्ये कल्पना पाण्डेबाहेक अन्य तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

माओवादी मन्त्रीले राजीनामा दिएका दुई मन्त्रालय, सामाजिक विकास मन्त्रालय टुक्रयाएर एक मन्त्री र एक राज्यमन्त्री बनाउने गरी चारै जनालाई सोमबार चार बजे नै सपथ खुवाउने तयारी भइरहेको स्रोतले बतायो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले चार बजे नै सपथको तयारी भइरहेको बताए ।

माओवादीका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नै राजीनामा दिएका थिए ।

प्रकाशित : वैशाख ६, २०७८ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्

महामारीकै कारण बेलायती प्रधानमन्त्रीको भारत भ्रमण रद्द

कान्तिपुर संवाददाता

नयाँदिल्ली — कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ । जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय भएको थियो ।

‘कोरोना महामारीका सिर्जित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दुवै पक्ष बेलायतका प्रधानमन्त्रीको आगामी साता हुने भनिएको भारत भ्रमण स्थगत गर्ने निर्णयमा पुगेक छन्,’ भारतको विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा भनिएको छ । साथै दुवै पक्षले आगामी दिनमा भर्जुअल बैठकमार्फत् भारत–बेलायत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउनका लागि नयाँ कार्यक्रमहरु ल्याइने समेत मन्त्रालयले जनाएको छ । कोरोना महामारीकै कारण देखाएर जोन्सनको निर्धारित भारत भ्रमणलाई दिल्लीमै सिमित गरिएको थियो ।

यसअघि भारतको गणतन्त्रको दिवसको अवसरमा २६ जनवरीमा पनि बेलायती प्रधामन्त्री जोन्सन दिल्ली आउने कार्यक्रम थियो । भारतले गणतन्त्रको दिवसको अवसरमा दिल्लीमा हुने विशेषकार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा जोनन्सनलाई निम्तो गरेको थियो । तर, त्यतिबेला बेलायतमा कोरोना संक्रमण बढेको भन्दै जोन्सन आफैले भ्रमण रद्द गरेका थिए ।

भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार मात्र २ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी १ हजार ६१९ जनाको मृत्यु भएको छ । जुन अहिलेसम्मकै बढी हो । संक्रमणले भयावह रुप लिएसँगै भारतको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ ।

कोरोना संक्रमण फैलनेक्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी थप एक साताका लागि कर्फ्यु घोषणा गरिएको छ । दिल्ली सरकारले संक्रमण रोक्न भन्दै शनिबार र आइतबार पनि कर्फ्यु लागू गरेको थियो । त्यसैगरी दिल्लीमा गत ६ अप्रिलदेखि आगामी ३० अप्रिलसम्मका लागि घोषणा गरिएको रात्रिकालीन कर्फ्यु कायमै छ ।

प्रकाशित : वैशाख ६, २०७८ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×