१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

शैक्षिक योग्यता किर्ते गरेको आरोपमा ७ जना चिकित्सक पक्राउ

मातृका दाहाल

काठमाडौँ — शैक्षिक योग्यता किर्ते गरेको आरोपमा प्रहरीले ७ जना चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले) भक्तपुर, ललितपुरसहित विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । 

शैक्षिक योग्यता किर्ते गरेको आरोपमा ७ जना चिकित्सक पक्राउ

पक्राउ पर्नेहरुमा सप्तरीका २८ वर्षीय मोहमद सिद्दिक र ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीका २९ वर्षीय सुभाषप्रसाद साह र २७ वर्षीया पल्लवी सिंह, धनुषाका २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम र ललितपुरका २९ वर्षीय फराज हुसेन खाँ हुन् ।

एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीले केही दिनअघि उनीहरुलाई पक्राउ गर्नका लागि अभियान नै चलाएको थियो ।

पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सीआईबीले जनाएको छ । पक्राउ परेकाहरुमध्ये केही चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी समेत छन् ।

प्रकाशित : वैशाख ६, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?